पीएनजीविरुद्ध दोस्रो खेल आज, नजिती नहुने दबाबमा नेपाल

पीएनजीविरुद्ध दोस्रो खेल आज, नजिती नहुने दबाबमा नेपाल
तस्बिर: क्यान

काठमाडौंः कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी डाफा न्युज एकदिवसीय श्रृङ्खलामा आज दोस्रो तथा अन्तिम खेल हुँदैछ। नेपाल र पीएनजीबीचको खेल आज ९:३० बजेबाट सुरु हुनेछ।

यसअघि हिजो भएको खेलमा नेपालले हार व्यहोरेको छ। त्यसैले आज नेपाल जित्नैपर्ने दबाबका साथ मैदानमा ओर्लनेछ।

यता पीएनजीलाई तुलनात्मकरूपमा कम दबाब हुनेछ। हिजो जित हासिल गर्नुअघिसम्म नेपालविरुद्ध एक खेल पनि नजितेको पीएनजीले आज जितेमा श्रृङ्खला कब्जा गर्नेछ भने हारेमा पनि बराबरीको स्थिति रहनेछ।

हिजो भएको खेलमा नेपाल ६ रनले पराजित भएको थियो। २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो। 

एकदिवसीयपछि नेपाल-मलेसिया-पीएनजी सम्मिलित टी ट्वेन्टी श्रृङ्खला पनि आयोजना हुँदैछ।

चैत १२, २०७८ शनिबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।