
प्रदेश १ र बागमतीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले नेपालको प्रदेश १ र बागमतीमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण मौसममा बदली हुने भएको हो।
यतिबेला देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
चैत १२, २०७८ शनिबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।