कांग्रेस केन्द्रीय समिति बैठक सकियो, आइतबार पुनः बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, आइतबार पुनः बस्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बसेको बैठक पुनः आइतबार बस्ने गरी सकिएको हो।  

आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन्। शुक्रबारको बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन्। 

बैठकमा क्रमश कञ्चनपुरको नैनसिंह महर, स्याङ्जाको प्रदीप पौडेल, कैलालीको गोविन्द शाह , धनकुटाको रामहरि खतिवडा, पश्चिम नवलपरासीको मदनकृष्ण श्रेष्ठ, दैलेखको जानकी सिंह, अछामको सीता राना, मुगुको कर्ण बुढा, पाल्पाको सरस्वती अर्याल, गोविन्द पोखरेल धादिङ, बाग्लुङको दिलमान पार्खिन, रसुवाको रमा पौडेल, गुल्लीको दिनेश कोइराला, मुस्ताङको अजयबाबु सिवाकोटी, सिन्धिलीको मुक्ता कुमारी यादव,  अर्घाखाँचीको शान्ति परियार, 
दोलखाको हरिशरण नेपाली,  नवलपरासीको टेकप्रसाद गुरुङ, जुम्लाको कृष्णकिशोर घिमिरे र काठमाडौंको मोहन बस्नेतले वस्तु स्थिति बिफ्रिङ गरेका थिए ।

अधिकांश प्रतिनिधिले तल्लो तहलाई जिम्मेवारी दिएर गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए । सिन्धुलीका मुक्ता यादवले भने एमालेसँग गठबन्धन गर्नुपर्ने धमरणा राखेकी थिइन् ।
 

 

चैत ११, २०७८ शुक्रबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।