
गण्डकी र लुम्बिनी प्रदेश सभापतिले भने : 'गठबन्धन गर्ने हो भने हाम्रो हालत कांग्रेस आईको जस्तै हुनेछ'

काठमाडौँ : नेपाली कांग्रसको केन्द्रीय समितिको बैठकमा बोल्दै प्रदेश १ र बागमती प्रदेशका सभापतिले केन्द्रबाट गठबन्धन गर्न नहुने जोड दिएका छन्। उनीहरुले स्थानीय तहमा गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार गर्नुपर्नेमा जोड दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा गठबन्धन किन गर्ने ? गर्दा के हुन्छ ? केन्द्रबाटै गठबन्धन गर्ने कि स्थानीय आवश्यकता अनुसार गर्ने श्र भन्ने मुख्य तीन वटा प्रश्नमा बैठक केन्द्रित रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
कर्णाली प्रदेशका सभापतिले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस नील हुने बताएका छन्। माओवादी जसले जहाँ जितेको हो त्यो ठाउँ आफूसँगै राखेर एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नु पर्ने बताउँदै आएको छ। माओवादीले भनेको गर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको भनाइ छ।
बैठकमा उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतका विषयमा छलफल हुने पनि बताइएको छ। सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन्।
चैत ११, २०७८ शुक्रबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।