कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भेटवार्त

कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भेटवार्त

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान ९ बजे भेटवार्ता भएको भेटमा कोइरालाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले आफू निकट नेताले सभापति देउवाले पेल्दै गएकाले समानान्तर कमिटी बनाउन दबाब दिएको सुनाएका थिए। जवाफमा देउवाले आफू मिलाएर अघि  बढ्न तयार रहेको बताएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। देउवा र कोइरालेको महाधिवेशनपछिको यो दोस्रो भेट हो।

कोइरालाले बिहीबार आफू निकट नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति सङ्गठनलगायतका भातृ संगठनका पूर्व पदाधीकारीहरूसँग छलफल गरेका थिए। छलफलमा उपस्थित पूर्व पदाधीकारीहरुले सबै भातृ संगठनको समानान्तर समिति बनाउनु पर्नेमा जोड दिएका थिए। 

कांग्रेस सभापति देउवाले हालै मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए।

चैत ११, २०७८ शुक्रबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।