काठमाडाैँमा मासु काट्ने दाउले हानेर श्रीमतीको हत्या, फरार श्रीमान् पक्राउ

काठमाडाैँमा मासु काट्ने दाउले हानेर श्रीमतीको हत्या, फरार श्रीमान् पक्राउ

काठमाडौँ : काठमाडौँको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामान्य घरायसी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन्। 

घरासयी विवाद हुँदा बिहीबार राति पाैने १२ बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए। दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो। उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनापछि भक्तबहादुर फरार भएका थिए। फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसान्धान गरिरहेको छ। घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको प्रहरीले जनाएको छ।  

चैत ११, २०७८ शुक्रबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।