प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज मौसम बदली भई केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही सथानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भूभागमा भने आज मौसम सामान्यतया सफा रहने बताइएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
चैत ११, २०७८ शुक्रबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।