स्थानीय निर्वाचनको टिकट बाँड्न संसदीय समिति गठन गर्दै कांग्रेस 

स्थानीय निर्वाचनको टिकट बाँड्न संसदीय समिति गठन गर्दै कांग्रेस 

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।

आजको बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि संसदीय समिति गठन गर्ने, स्थानीय तह निर्वाचनको तयारी लगायत एजेण्डा रहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा हुनेछ।

पार्टी विधानअनुसार निर्वाचन लड्ने उम्मेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ।

चैत ११, २०७८ शुक्रबार १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।