चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौंः बिहीबार एकैदिन अफगानिस्तान र भारतको भ्रमण गरेका चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदैछन्। परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा नेपाल आउन लागेका यीको भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ।

यीले आज भारतका समकक्षी शंकर जयकिशन र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने उनको भेटको टुंगो लागेको छैन। त्यसपछि उनी सोझै नेपालतर्फ आउनेछन्।

नेपालमा यीलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले विमानस्थलमा स्वागत गर्नेछ।

नेपाल भ्रमणका क्रममा भने यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गर्नेछन्। उनी चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उच्च महत्त्वका साथ हेरिएको छ।

चैत ११, २०७८ शुक्रबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।