रुस-युक्रेन युद्धको परिणाम: पुटिनकी छोरीको सम्बन्धविच्छेद

एजेन्सीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीको सम्बन्धविच्छेद भएको छ। पुटिनकी ३६ वर्षीया जेठी छोरी डा. मरिया भोरोन्त्सोभाको श्रीमान् डच (नेदरल्याण्डसका नागरिक) जोरिट फासेन थिए।
मरिया बालबालिकाका दुर्लभ आनुवंशिक रोगहरूमा विशेषज्ञ छन्। निर्वासनमा रहेका एक रुसी पत्रकार सर्जे कानेभका अनुसार उनले सेन्टपिटर्सबर्गमा सम्भ्रान्त विदेशीहरूको उपचार गर्ने मेडिकल सेन्टर स्थापना गर्न चाहेकी थिइन्। सो मेगा प्रोजेक्टमा उनको अत्यधिक शेयर रहेको पनि बताइएको छ। तर जारी रुस-युक्रेन युद्धका कारण पश्चिमा प्रतिबन्धहरूले गर्दा उनको सपना तुहिएको छ।
र, उनको सपनाले मूर्त रूप लिन नसक्ने भएपछि उनीहरूको सम्बन्धविच्छेद भएको बताइएको छ। कानेभ भन्छन्, 'युरोपका धनाढ्यसहित पर्सियाका शेखहरूको उपचार गर्ने योजना थियो। अब युक्रेनमाथि हमला भइसकेपछि कस्ता खाले युरोपियन र शेखहरू आउलान्?'
चैत ११, २०७८ शुक्रबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।