एकदिवसीय श्रृङ्खला: नेपाल आज पीएनजीविरुद्ध भिड्दै

काठमाडौंः आजबाट सुरु हुने डाफा न्युज एकदिवसीय श्रृङ्खलामा नेपाल आज पीएनजीविरुद्ध भिड्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल र पीएनजीविरुद्धको खेल बिहान ९:३० बाट सुरु हुनेछ।
दुई खेलको एकदिवसीय श्रृङ्खलामा नेपाल विजयी लक्ष्यसाथ मैदानमा उत्रनेछ। यसअघि केही दिनअघि मात्र दुबईमा सम्पन्न क्रिकेट लिग टुमा पीएनजीलाई दुईमध्ये दुई खेलमै हराएको नेपालको मनोबल उच्च छ।
यता पीएनजी दुबईमा व्यहोरेको हारको बदला लिने सोचमा हुनेछ।
पीएनजीविरुद्धको दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ। लगत्तै त्रिदेशीय टी ट्वेन्टी श्रृङ्खला सुरु हुनेछ। टी ट्वेन्टीका लागि नेपाल, मलेसिया र पीएनजी एकअर्काविरुद्ध भिड्नेछन्।
खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।
चैत ११, २०७८ शुक्रबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।