पल र कृष्ण जोशीको थुनछेक बहस सकियो, थुन्ने कि छाड्ने आदेश आजै आउने

पल र कृष्ण जोशीको थुनछेक बहस सकियो, थुन्ने कि छाड्ने आदेश आजै आउने

तनहुँ : नाबालिगको बलात्कार गरेको आरोप लागेका पल (पूर्णविक्रम) शाह र कृष्ण जोशीविरुद्ध जिल्ला अदालत तनहुँमा जारी थुनछेक बहस सकिएको छ। बुधवारदेखि सुरु भएको बहस बिहीबार साँझ सकिएको हो।

बुधवार प्रतिवादीका तर्फबाट दुई जना अधिवक्ता र बादीका तर्फबाट सात जनाले प्रतिउत्तर बहस गरेका थिए। बिहीबार प्रतिवादीका तर्फबाट अधिवक्ताहरूको बहस भर्खरै सकिएको तनहुँ जिल्ला अदालतका वैतनिक वकिल शिवराज काफ्लेले बताए। उनले भने,‘भर्खरै वादी-प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूले बहस सक्नुभयो। अबको एक डेढ घण्टामा थुनछेकको आदेश आउँछ।’

फौजदारी कार्यविधि ऐन-२०७४ को दफा ६७ मा टेकेर अदालतले थुनछेक आदेश जारी गर्ने काफ्लेले बताए।

१६ वर्षीया नाबालिग गायिकालाई भिडियो छायाङ्कनका क्रममा शाहले बलात्कार गरेको उजुरीपछि सरकारी वकिलको कार्यालयले शाह र जोशीविरुद्ध मङ्गलवार तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो।

सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर गरेपछि जिल्ला अदालतमा बहस भएको हो। 

चैत १०, २०७८ बिहीबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।