पोखरेलको संयोजकत्वमा एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन

काठमाडौँ : एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ। बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदिप ज्ञवाली, विष्णु रिमाल, नेताहरु देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली रहेको प्रचार विभाग उप प्रमुख विष्णु रिजालले जानकारी दिए।
घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धता पत्र सार्वजनिक हुनेछ।
चैत १०, २०७८ बिहीबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।