जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चुडामणि पक्राउ

काठमाडौं : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको बराह नगरपालिका-१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चूडामणि आचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।
उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते जबरजस्ती करणी गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको थियो। इनरुवाबाट पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएको ब्यूरोले जनाएको छ।
आचार्यले काठमाडौं महानगरपालिका-१८ ताम्सिपाखामा पीडित महिलालाई विवाह गर्ने भन्दै अनुचित प्रभाव र डर, त्रास देखाएर जबरजस्ती करणी गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महतोले जानकारी दिए।
चैत १०, २०७८ बिहीबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।