पुटिनले युक्रेनमा आक्रमण गरेर ठुलो गल्ती गरे : नेटो प्रमुख जेन्स

पुटिनले युक्रेनमा आक्रमण गरेर ठुलो गल्ती गरे : नेटो प्रमुख जेन्स

एजेन्सी : नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठुलाे गल्ती गरेको बताएका छन्। राष्ट्रपति पुटिनले ठुलाे गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो, उनले भने।

ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि उनले भने, 'पुटिनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्।' 

स्टोल्टेनबर्गले जनाए अनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुन: स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ।

चैत १०, २०७८ बिहीबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।