ओमिक्रोनको प्रकोप दक्षिण कोरियामा बढेको बढेकै, २४ घण्टामा चार लाख सङ्क्रमित

ओमिक्रोनको प्रकोप दक्षिण कोरियामा बढेको बढेकै, २४ घण्टामा चार लाख सङ्क्रमित

एजेन्सीः कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले दक्षिण कोरियालाई प्रभावित बनाएको छ। पछिल्लो केही सातायता दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या निकै बढेको छ। 

बिहीबार मात्र त्यहाँ २४ घण्टामा तीन लाख ९५ हजार सात सय कोरोना सङ्क्रमित पाइएको छ। यसअघि बुधबार चार लाख ९० हजार जना सङ्क्रमित पाइएको थियो।

हालसम्म कोरियामा सङ्क्रमित हुनेको संख्या एक करोड नाघेको छ। यद्यपि नागरिकहरूले पूर्णमात्रामा खोप लगाएकाले मृत्युदर भने कम रहेको बताइएको छ। 

चैत १०, २०७८ बिहीबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।