बिहान रेडारमा समस्या अहिले भिजिबिलिटी कम, विमानस्थलमा उडान ४५ मिनेट 'डिले'

बिहान रेडारमा समस्या अहिले भिजिबिलिटी कम, विमानस्थलमा उडान ४५ मिनेट 'डिले'
फाइल तस्बिर

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। कमजोर भिजिबिलिटीका कारण पूर्वनिर्धारित उडानहरू यतिबेला ४५ मिनेट डिले भइरहेका छन्। 

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले विमानस्थलको भिजिबिलिटी करिब तीन हजार मिटर मात्रै छ। यसका कारण अहिले ‘भीएफआर’ उडान हुनसकेको छैन। विमानस्थलमा ‘आईएफआर’ उडान मात्रै भइरहेकाले अहिले हरेक घण्टा १२ वटा उडान मात्रै भइरहेका छन्। 

सामान्य अवस्थामा यहाँ प्रतिघण्टा ३० उडान हुने गरेको थियो।

यसअघि आजै बिहान विमानस्थलको सञ्चार उपकरण 'रेडार'मा समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो। हाल उक्त समस्या सम्बोधन भइसकेको छ।

चैत १०, २०७८ बिहीबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।