महराका स्वकीय सचिव एमाले प्रवेश: श्रीमान्-श्रीमतीलाई नै भित्र्याए ओलीले

बुटवलः माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन्। शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा भित्र्याएका हुन्।
शर्मासँगै उनकी श्रीमती सीता चाैधरी पनि एमालेमा प्रवेश गरेकी छिन्।
शर्मा माओवादी घोराही उपमहानगर कमिटी अध्यक्ष थिए भने उनकी श्रीमती यसअघि घोराही उपमहानगरपालिकामा माओवादीको तर्फबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन्।
चैत १०, २०७८ बिहीबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।