हिजो एघार सयले घटेको सुन आज एघारै सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य आज पुनः बढेको छ। हिजो प्रतितोला एघार सय रुपैयाँले घटेको सुन आज पुनः एघारै सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तीन सय कायम भएको छ। हिजो तोलामा ९९ हजार दुई सयमा छापावाल सुन कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ। चाँदी तोलामा एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३९ डलर आसपास कारोबार भइरहेको छ।
चैत १०, २०७८ बिहीबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।