पोखरामा स्कुल बससँग स्कुटर ठोकिँदा १९ वर्षीय किस्मतको मृत्यु

पोखरामा स्कुल बससँग स्कुटर ठोकिँदा १९ वर्षीय किस्मतको मृत्यु

पोखराः स्कुल बससँग स्कुटर ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार बिहान चाउथेबाट विजयपुरतर्फ जाँदै गरेको ग२२प ००७ नम्बरको स्कुटर विपरीत दिशाबाट आउँदै गरेको ग१क ९९६ नम्बरको स्कुल बससँग ठक्कर खाँदा तनहुँ घर भई हाल चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको हो।

उक्त स्कुटरले पैदलयात्री टेकमाया घर्तीलाई ठक्कर दिएपछि विपरीत दिशाबाट आउँदै गरेको गोल्डेन फ्युचर बोर्डिङ स्कुलको बसमा ठक्कर खाएको थियो।

स्कुटरको ठक्करबाट घाइते भएकी पैदलयात्री घर्तीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचारपछि डिस्चार्ज भएकी छन्। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक वाग्लेलाइ उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चैत १०, २०७८ बिहीबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।