मोदीले उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जाँदै

मोदीले उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जाँदै

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज भारत जाँदैछन्। एकदिने औपचारिक भ्रमणका लागि उनी भारत जान लागेका हुन्।

भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले त्यता जान लागेका हुन्। भारतको हैदरावादमा हुने कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको छ।

विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको भ्रमण दलका सदस्य नेपाल नागरिक उड्डयन प्राधिकरणका डीडीजी हंशराज पाण्डेयले जानकारी दिए।

कार्यक्रममार्फत मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमान जोडिएका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने बताइएको छ।

चैत १०, २०७८ बिहीबार ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।