बिहान २ बजे काठको पुल भाँचियो, राप्ती तर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बिहान २ बजे काठको पुल भाँचियो, राप्ती तर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

आज बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तीखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटना भएको हो। सोहीक्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।

मृतक स्याङ्तान ट्याक्टर चालक हुन्। उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा ३ः३० बजे फेला परेको प्रहरीले जनाएको छ। 

चैत १०, २०७८ बिहीबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।