चितवन कांग्रेसले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन: प्रचण्ड

चितवन कांग्रेसले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन: प्रचण्ड

चितवनः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटै निर्वाचनमा गठवन्धन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले कसैले भनेको आधारमा गठबन्धन नटुट्ने बताएका हुन्।

उनले भने, “गठबन्धन त भइरहेकै छ नि। गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ।” 

यता कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरको प्रमुखको दावी गरिरहेका छन्। सोही सम्बन्धमा दाहालले भने, “चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन्।”

गत स्थानीय तहको निर्वाचनमा कांग्रेससँगको तालमेलका आधारमा निर्वाचित भएकी रेनु दाहाल नै यसपटक पनि माओवादीकी दावेदार हुन्।माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्याउने जनाउँदै आएको छ।

चैत १०, २०७८ बिहीबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।