चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

काठमाडौंः चीनबाट दुई सय ३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको छ। तातोपानी नाकाबाट बुधबार युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए।

शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो। ६ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार पाँच सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। बाँकी आठ हजार पाँच सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ। 

भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल काठमाडौं पठाइने गौतमले बताए।

चैत १०, २०७८ बिहीबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।