बेलायतले युक्रेनलाई ६ हजार मिसाइल दिने, ३३ मिलियन अमेरिकी डलरको कोष समेत स्थापना गरिने

एजेन्सीः बेलायतले युक्रेनलाई ६ हजार मिसाइल प्रदान गर्ने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जनसनले बिहीबार यसको घोषणा गर्ने बताइएको छ।
बेल्जियमको ब्रसेल्समा हुने नेटो तथा जी-७ का नेताहरूको भेटवार्तामा जनसनले युक्रेनी सेना र पाइलटलाई पारिश्रमिकस्वरूप ३३ मिलियन अमेरिकी डलरको कोष पनि स्थापना गर्ने घोषणा गर्ने बताइएको छ।
यस्तै बीबीसी विश्व सेवालाई समेत बेलायत सरकारले ४.१ मिलियन पाउण्ड सहयोग गर्ने भएको छ। यो सहायता रकम युक्रेन र रुसमा रहेका बीबीसीका क्षेत्रीय सेवालाई प्रदान गरिनेछ।
'युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त अधिराज्यले आफूपक्षीय राष्ट्रहरूसँग काम गर्नेछ', जनसनले भने।
बेलायतले यसअघि नै चार हजार मिसाइल प्रदान गरिसकेको छ।
चैत १०, २०७८ बिहीबार ०७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।