पश्चिमी वायुको प्रभाव: प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज राति देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भूभागमा मौसम सफा रहनेछ।
प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
चैत १०, २०७८ बिहीबार ०७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।