पोखरामा जारी जुनियर टेनिसमामा राजबिरसहित तीन खेलाडीलाई स्वर्ण

पोखरा : पोखरामा जारी राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत १४ वर्ष मुनिको इभेण्टमा राजबिर प्रधानले स्वर्ण पदक जितेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत बुधबार भएको फाइनल खेलमा पोखराका दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै नगद १२ हजार सहित उपाधि जितेका हुन्। प्रतियोगितामा दोस्रो स्थानमै चित्त बुझाएका दर्शिलले नगद ६ हजार सहित पुरस्कृत भए।
१२ वर्ष मुनिको इभेण्टमा ब्रिजेश अर्यालले प्रथम, स्पर्श तिमिल्सिना क्षेत्रीले द्वितिय, अशाभ सम्राट हाडा तृतीय भए। प्रतियोगिताका विजेताले नगद ८ हजार र उप–विजेताले नगद ५ हजार सहित पुरस्कृत भए।
ब्वाइजकै १० वर्ष मुनिको इभेण्टमा विश्व डल्लाकोटी प्रथम, संघर्ष फोकदार द्वितिय, सन्दिप जिसी तृतीय, सनम सापकोटा चौथो भए। ८ वर्ष मुनिको ब्वाइज सिंगल उपाधि पोखराका आर्यश राज पौडेलले जिते। फाइनल खेलमा उनले पोखराकै नितेश थापालाई पराजित गर्दै नेपालको शीर्षस्थान राख्न सफल भए।
प्रतियोगितामा निर्जल टण्डनले तेश्रो र सुभान केसीले चौंथो स्थान हाँसिल गरे। प्रतियोगिताका विजयी खेलाडीलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, कास्की जिल्ला टेनिस अभिभावक संघका सदस्य भिष्मराज पौडेल,अभिभावक प्रेमप्रकाश गौतम लगायतले पुरस्कार वितरण गरेका थिए। महिलातर्फका विभिन्न इभेण्टका फाइनल खेल तथा अन्य कन्सुलेसन खेलहरुपनि जारी रहेका छन्।
चैत ९, २०७८ बुधबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।