नेविसंघ र तरुण दलको अध्यक्षमा दुजाङ र विद्वान

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिको अध्यक्ष नियुक्त गरेका छन्। उनले सङ्घको अध्यक्षमा दुजाङ शेर्पा र दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका हुन्।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार २०७८ फागुन ३ को केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार दुवै जनालाई नियुक्त गरिएको हो।
लामो समयदेखि यी दुवै सङ्गठन तदर्थ समितिको भरमा चल्दै आएको छ। दुवै सङ्गठनको महाधिवेशन हुन सकेको छैन।
चैत ९, २०७८ बुधबार १९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।