शेखर समूहको निष्कर्ष : देउवाले पेल्दै गए निर्वाचनमा दुर्घटना हुन्छ

शेखर समूहको निष्कर्ष : देउवाले पेल्दै गए निर्वाचनमा दुर्घटना हुन्छ

काठमाडौँ : नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले आफूलाई मत नहाल्नेलाई पार्टीमा भूमिका नदिएको निष्कर्ष निकालेको छ। सो समूहको बुधवार काठमाडौँमा बसेको बैठकले सभापति देउवाले चाहेर मात्रै स्थानीय चुनावमा गठबन्धन नहुने निष्कर्ष समेत निकालेको छ।

पार्टीको विधान संसदीय समितिको चार तहको रहेको हुँदा सम्बन्धित समितिलाई नै निर्णय गर्न दिइनुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।

'सभापतिको गठबन्धन बनाउने नाममा आफ्नो दलमा फरक मत राख्नेहरूलाई किनारा लगाउने काम गर्नुभएको छ। उहाँको कार्यशैली यस्तै रह्यो भने सार्वजनिक रूपमा प्रतिवाद गर्न सक्छौँ जसले स्थानीय चुनावलाई समेत प्रभाव पार्न सक्छ र यसले दुर्घटनासम्म निम्त्याउन सक्छ भन्नेसम्मको कुरा भएको छ,’ बैठकमा सहभागी एक नेताले उकेरासँग भने। उनका अनुसार बैठकले ११ गतेको केन्द्रीय समिति बैठकमा सो कुरा प्राथमिकतासाथ उठाउने निर्णय समेत गरेको छ।

चैत ९, २०७८ बुधबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।