ज्ञवालीलाई प्रतिवेदन पढ्न लगाएर ओली निस्किए कफी खान

ज्ञवालीलाई प्रतिवेदन पढ्न लगाएर ओली निस्किए कफी खान

काठमाडौँ : तेस्रो केन्द्रीय समितिको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पार्टीका नेता प्रदीप ज्ञवालीलाई पढ्न लगाएर एमाले अध्यक्ष केपी ओली कार्की ब्याङक्वेट बाहिर कफी खान निस्किए। उनीसँगै थिए अर्का नेता सुवास नेम्वाङ।

पार्टीको भावी साङ्गठनिक अनि निर्वाचन रणनीति उल्लेख भएको अध्यक्षको प्रतिवेदन बैठकमा सहभागीहरूलाई ज्ञवालीले पढेर सुनाइरहेका थिए। नेम्वाङसँगै एकै टेबलमा उभिएर ओलीले कफी खाए। दुवै नेताले कानेखुसी गरे। उनको वरिपरि सुरक्षाका लागि सादा पोसाकमा सुरक्षाकर्मी खटिएका थिए।

उनको राजनीतिक प्रतिवेदनमा अबको निर्वाचन सामान्य नभई जनादेश र परमादेशबिचको जनमत सङ्ग्रहको रूपमा रहेको उल्लेख छ। एमालेलाई सत्ताधारी गठबन्धनले घेर्ने प्रयास गरेको भन्दै सो घेरा चिर्नुपर्ने उनले प्रतिवेदनमा लेखेका थिए।

प्रतिवेदन पेस हुनु अगाडि बोल्दै उनले अब बाम एकता भनेर पछि नलाग्ने बरु माओवादी केन्द्रका सबै नेता र कार्यकर्तालाई एमालेमा प्रवेश गराएर पार्टी रित्तै बनाएपछि प्रचण्ड पनि आउनले उनले बताएका थिए।

चैत ९, २०७८ बुधबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।