थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज (बुधबार) देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ५ हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नेपालमा सक्रिय संक्रमितको संख्या दुई हजार ४५३ रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २६९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६३ हजार ५९२ पुगेको छ।

आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौं रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्ला धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्। 

हाल होमआइसोलेशनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आईसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। 
 

चैत ९, २०७८ बुधबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।