बैंकिङ कसूर मुद्दाका फरार रगुन भिमसेनगोलाबाट पक्राउ
काठमाडौं : बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार प्रतिवादी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्दै आएका ३८ वर्षीय रगुन खड्केलाई पक्राउ गरेको हो।
सीआईबीको टोलीले खड्केलाई बुधबार भिमसेनगोलाबाट पक्राउ गरेको हो। उनलाई २०७७ फागुन ९ गते उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ दिन कैद सजाय ३६ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।
खड्केले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो। खड्केलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडाैँमा पेश गरेकाे सीआईबीले जनाएको छ।
चैत ९, २०७८ बुधबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।