एमाले केन्द्रीय कमिटी बैठकः सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकियो

काठमाडौँ : एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सात प्रदेशका अध्यक्षले आफ्नो प्रदेशको रिपोर्टिङ गरेका छन्।
प्रदेश १ का तुलसीप्रसाद न्यौपाने,मधेश प्रदेशका रामअवतार यादव, वागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदूरपशिचमका दामोदर भण्डारीको रिपोर्टिङपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ।
बैठकमा गठबन्धन हुँदा र नहुँदाको चुनावी परिणामबारे समेत छलफल भएको छ। सबै दल एक्ला एक्लै लड्दा ६० भन्दा माथी स्थानीय तह जित्ने रिपोर्टिङ भएको छ। गठबन्धन भएमा कम ठाउँमा जित्न सकिने रिपोर्टिङ भएको केन्द्रीय सदस्य ऎन महरले जानकारी दिए।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको तेस्रो बैठक बोलाइएको हो ।
चैत ९, २०७८ बुधबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।