एमाले केन्द्रीय कमिटी बैठक सुरु, ११ एजेण्डामा छलफल हुँदै

एमाले केन्द्रीय कमिटी बैठक सुरु, ११ एजेण्डामा छलफल हुँदै

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो। स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।

बैठकममा छलफलका लागि विभिन्न ११ एजेन्डा तय गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन महत्त्वपूर्ण रहेको एमाले नेताहरूले बताएका छन्। 

बैठकको कार्यसूचीमा विभिन्न विभागहरू गठन गर्ने देखि निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका कार्यसूचीमा समावेश छ।

बैठकमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तयारी, पार्टीको वार्षिक क्यालेन्डरको तयारी, पार्टी स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन , लेखा तथा आर्थिक व्यवस्थापन विनियम लगायत ११ एजेन्डा छलफलका लागि प्रस्तुत गरिएको छ । 

चैत ९, २०७८ बुधबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।