१५ वर्षीया किशोरीलाई विहे गर्ने भनी झुक्याएर पटक-पटक बलात्कार गर्ने ३५ वर्षीय सन्देश पक्राउ

पर्साः १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सोमबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।
कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुटा प्रलोभनमा पारी पटक-पटक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। साथै उनले नयाँ-नयाँ स्थानमा घुमफिर गराउने बाहना बनाई आफूसँग लग्ने गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो।
उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।
चैत ९, २०७८ बुधबार १३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।