दक्षिण कोरियामा एकै दिन पाँच लाख सङ्क्रमित थपिए, हजार जनाको अवस्था गम्भीर

दक्षिण कोरियामा एकै दिन पाँच लाख सङ्क्रमित थपिए, हजार जनाको अवस्था गम्भीर

एजेन्सीः दक्षिण कोरियामा एकै दिन कोरोना भाइरसबाट करिब पाँच लाख जना सङ्क्रमित भएका छन्। बुधबार मात्र चार लाख ९० हजार आठ सय ८१ जना नयाँ सङ्क्रमित फेला परेका हुन्।

योसँगै दक्षिण कोरियामा हालसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड चार लाख २७ हजार दुई सय ४७ पुगेको छ। कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार मङ्गलबार तीन लाख ५३ हजार नौ सय ६८ नयाँ सङ्क्रमित थपिएका थिए। 

कोरोना भाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनका कारण सङ्क्रमितहरूको सङ्ख्या यसरी अत्याधिक बढेको बताइएको छ। नयाँ सङ्क्रमितमध्ये एक लाख एक हजार एक सय ३३ जना राजधानी सियोलका मात्रै रहेका छन्।

सङ्क्रमितमध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको छ।

यस्तै पछिल्लो एक दिनमा कोरोनाका कारण दक्षिण कोरियामा दुई सय ९१ जनाको मृत्यु भएको छ।

चैत ९, २०७८ बुधबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।