तोलामा एघार सयले घटेर सुनको मूल्य एक लाखमुनि

तोलामा एघार सयले घटेर सुनको मूल्य एक लाखमुनि

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। केही दिनयता निरन्तर उतारचढाव देखिएको मूल्य आज तोलामा एघार सयले घटेको छ।

आज छापावाल सुन प्रतितोला ९९ हजार दुई सय कायम भएको छ। छापावाल सुनको अघिल्लो कारोबार मूल्य प्रतितोला एक लाख तीन सय रुपैयाँ रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार सात सय रहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला रु २५ ले घटेर एक हजार तीन सय ७० कायम भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय २१ डलर आसपास कारोबार भइरहेको छ।

चैत ९, २०७८ बुधबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।