पार्टीका भातृ संस्थालाई नेतृत्त्व दिनेबारे छलफल गर्न देउवा र कोइरालाबीच टेलिफोन वार्ता 

पार्टीका भातृ संस्थालाई नेतृत्त्व दिनेबारे छलफल गर्न देउवा र कोइरालाबीच टेलिफोन वार्ता 

काठमाडौं: नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच टेलिफोन वार्ता भएको छ। पार्टीका भातृ संस्थालाई नेतृत्त्व दिने लगायत विषयमा टेलिफोन कुराकानी भएको हो। 

कांग्रेसमा नेविसंघ, तरूण दल, महिला संघलगायत ५ भातृ संस्था नेतृत्त्वविहीन छ भने नेपाल दलित संघको महाधिवेशन तय भए पनि अनिश्चितकालका लागि स्थगित भएको छ। अन्य भातृ संस्थाको तदर्थ समिति बनाउने भनिए पनी गठन हुन सकेको छैन। 

‘उहाँहरूबीच भातृ संस्थालाई नेतृत्त्व प्रदान गर्नेलगायत विषयमा कुराकानी भएको हो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘पार्टीका विभिन्न विषयमा बेलाबेला संवाद हुने गरेको छ।’ 

संसदीय बोर्ड गठनलगायत विषय टुंग्याउने गरी कांग्रेसले चैत ११ का लागि केन्द्रीय समिति बैठक राखेको छ।

चैत ९, २०७८ बुधबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।