रुसी सेनाले चर्नोबिल आणविक भट्टीमा विध्वंश मच्चाए: युक्रेन

एजेन्सीः रुसी सेनाले चर्नोबिल आणविक भट्टीमाथि कब्जा जमाएसँगै लुटपाट र विध्वंश मच्चाएका छन्। युक्रेनको संवेदनशील क्षेत्र व्यवस्थापन गर्ने संस्थाले यसबारे जानकारी गराएको हो।
रुसी सेनाले युक्रेनको केन्द्रीय विश्लेषणात्मक प्रयोगशाला ध्वस्त बनाएको उक्त संस्थाको भनाइ थियो। उक्त संस्थाले फेसबुकमार्फत एक पोस्ट गर्दै सो प्रयोगशालामा 'रेडियोन्युक्लाइड्सको उच्च प्रज्वलनशील पदार्थ रहेको र हाल ती दुश्मनको हातमा परेको' जनाएको हो।
यस्तै ६ मिलियन युरोको लागतमा निर्माण भएको प्रयोगशालामा रहेका केही बहुमूल्य विश्लेषणात्मक उपकरणहरू युरोपमा अन्त कहिँ नभएको पनि संस्थाले जनाएको छ।
सन् १९८६ मा चर्नोबिलमा हालसम्मकै सबैभन्दा विध्वंशात्मक आणविक दुर्घटना भएको थियो। हाल उक्त स्थान निरन्तर सञ्चालनमा नरहे पनि यसलाई बेला-बेला मर्मत गरिरहनुपर्छ।
चैत ९, २०७८ बुधबार १०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।