निर्वाचन लगायतका विषयमा छलफल गर्न आजबाट एमालेको केन्द्रीय कमिटी बैठक

निर्वाचन लगायतका विषयमा छलफल गर्न आजबाट एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौंः एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौंमा बस्ने भएको हो।

बैठक बिहान ११ बजेबाट बबरमहलमास्थित एक ब्याङ्क्वेटमा हुनेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन्। यस्तै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत सार्वजनिक गर्ने कार्यसूची पनि रहेको छ।

यस्तै बैठकमार्फत हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिइने पनि बताइएको छ। बैठक बिहीबारसम्म चल्नेछ।

चैत ९, २०७८ बुधबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।