धनकुटामा जीप दुर्घटना हुँदा १९ वर्षीया श्रेयाको मृत्यु

धनकुटाः जिल्लाको साघुँरीगढी गाउँपालिका- ६ नजिकै गए राति जीप दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा जीपमा सवार धनकुटाकै साघुँरीगढी गाउँपालिका- ७ की १९ वर्षिया श्रेया राई रहेकी छिन्।
उनको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। गए राति ९ बजे मे१ज २१६२ नम्बर जीप अनियन्त्रित भई सडकमा पल्टिएको ईलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ।
चैत ९, २०७८ बुधबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।