तहरिक-ए-तालिबानले दियो दिल्लीमा विस्फोट गराउने धम्की, हाई सेक्युरिटी अलर्ट जारी

एजेन्सीः तहरिक-ए-तालिबानको इण्डिया सेलले दिल्लीमा विस्फोट गराउने धम्की दिएको छ। दिल्ली पुलिसका स्पेशल अफिसरका अनुसार तहरिक-ए-तालिबानको नामबाट केही मानिसहरूले धम्कीपूर्ण इमेल पठाएका छन्।
इमेलमा दिल्लीमा हमला गर्ने बताइएको छ। इमेल सर्वप्रथम उत्तर प्रदेश प्रहरीलाई पठाइएको थियो। तुरुन्तै इमेलबारे दिल्ली प्रहरीलाई जानकारी गराइएको थियो।
धम्कीपछि पूरा दिल्लीभरि हाई सेक्युरिटी अलर्ट जारी गरिएको छ। मङ्गलबार अबेरसम्म दिल्ली प्रहरीले सरोजनी मार्केटसहित विभिन्न भीडभाड हुने स्थानमा सर्च अपरेशन चलाएको थियो। यस्तै संवेदनशील स्थानमा सुरक्षा फोर्स बढाइएको छ।
दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम भास्करले इमेल पठाउने व्यक्ति तहरिक-ए-तालिबान इण्डिया संगठनसँग जोडिएको जनाएको छ। यस्तै धम्की औपचारिक रूपमा उत्तर प्रदेश प्रहरीलाई आएकाले दिल्लीसहित उत्तर प्रदेशका पनि संवेदनशील स्थानमा सुरक्षा स्थिति कडा गरिएको छ।
चैत ९, २०७८ बुधबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।