आज राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको हो।
यतिबेला देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
चैत ९, २०७८ बुधबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।