झापादेखि इलाम जाँदै गरेको जीपबाट दुई हजार किलो छुर्पी बरामद

इलामः अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी बरामद गरिएको छ।रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो।
प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जीपबाट उक्त छुर्पी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जीपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो।
जीप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
चैत ९, २०७८ बुधबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।