राष्ट्रपति भण्डारीद्वारा रेलवे अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा रेलवे अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । उनले दोस्रोपटक अध्यादेश जारी गरेकी हुन्। 

नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको हो। मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्। रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ। 

चैत ८, २०७८ मंगलबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।