विश्वकप लिग– २ : नेपालद्वारा पपुवा न्यूगिनी सात विकेटले पराजित

काठमाडौँ : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ। युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गरेको हो।
खेलमा १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो। नेपालको जितमा आरिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए। उनले १०२ बल खेल्दै चार चौका प्रहार गरे। यस्तै कुशल भुर्तेलले ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ४४ रन जोडे।
बलिङतर्फ पपुवा न्यूगिनीका चाल्र्स अमिनीले दुई र काबुआ मोरेले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन जोडेको थियो। उसका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे भने लेगा सियाकाले २० तथा सेसे वाउले १९ रन जोडे।
चैत ८, २०७८ मंगलबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।