पल प्रकरण : नाबालिगको सूचना दिन कृष्ण जोशीले ५० लाख अफर गरे

पल प्रकरण : नाबालिगको सूचना दिन कृष्ण जोशीले ५० लाख अफर गरे

तनहुँ : जिल्ला अदालत तनहुँमा दर्ता भएको पल शाहविरुद्धको अभियोग पत्रमा उनका म्यानेजर कृष्ण जोशीले नाबालिगसँग परिचितलाई उनको गतिविधिबारे जानकारी दिएबापत ५० लाख दिने अनि सूचना नदिए हत्या गर्ने धम्की दिएको बयान समेत समावेश भएको खुलेको छ।

दुर्गा अधिकारीले दिएको बयानमा नाबालिगको नराम्रो गति धीका प्रमाण दिएमा जोशीले ५० लाख रुपैयाँ दिने भनेको नदिए हत्या समेत हुनसक्ने भनेर धम्क्याएको उल्लेख छ।

उनको बयानमा साउन महिनामा काठमाडौँ आएर २१ दिन पीडित नाबालिकाको कोठामा बसेको उल्लेख छ। उनको कोठामा बस्दा पीडितले आफूलाई प्रतिवादी शाहले पटक-पटक जबरजस्ती करणी गरेको बताएको खुलाएकी छिन्।

उनको बयानमा जोशीले 'तिमीले पीडित नाबालिका काँहा जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसबारे नराम्रा खबर बुझेर खबर दिए ५० लाख रुपैयाँसम्म दिने भनेर अफर गरेको दाबी छ।

उनले म्युजिक भिडियो खेल्ने अवसर दिने भनेर फकाएको र भने अनुसारको काम नगरेपछि धम्की दिएर म्यासेज पठाएको उनको बयानमा उल्लेख छ। सार्वजनिक भएको अडियोमा नाबालिगले उनीबारे कुरा गरेकी थिइन्। अडियोमा सँगै बस्ने दिदीले सबै थाहा पाएपछि आफूलाई भनेको नाबालिगले बताएकी थिइन्।

चैत ८, २०७८ मंगलबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।