स्पोर्टस् अवार्डमा पारस र साम्बा दशककै उत्कृष्ट खेलाडी

स्पोर्टस् अवार्डमा पारस र साम्बा दशककै उत्कृष्ट खेलाडी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भए। नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्डमा पारस दशककै सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपाली भने पछिल्लो दशकभरको सफलतालाई समेत हेर्दै पुरस्कार वितरण गरेको थियो। 

मंगलबार प्रज्ञा भवनमा भएको कार्यक्रममा पारसलाई सम्मान गरिएको थियो। नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँच बाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्वपूर्ण थियो।

महिलामा साब्बा उत्कृष्ट
यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी स्पोर्टस अवार्डमा दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइन्। साम्बा उपनामले पुकारिने नेपाली राष्ट्रिय टोलीकी खेलाडि सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। 

सन् २०१४ देखि २०१९ को बीचमा सावित्रा प्रेरित नेपाली महिला राष्ट्रिय टोलीले ६ पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गरिसकेको छ । यस क्रममा नेपाली महिला टोली दुई पटक साफ च्याम्पियनसिप र दुई पटक दक्षिण एसियाली खेककुद (साग) को फुटबल तथा हिरो उमेन्स गोल्डकप र नाडेजा कपमा एक÷एक पटक फाइनल पुगेको थियो।

भारतीय लिग आइडब्लुएल मा दुई सिजन खेल्दा दुैव पटक उनले आफ्नो टोलीलाई च्याम्पियन बनाइन भने नेपालमा उनी सम्मिलित एपिएफले सायदै हार सामना गर्नुपरेको होला ।

चैत ८, २०७८ मंगलबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।