थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, एक संक्रमितको मृत्यु

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, एक संक्रमितको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार हाल सक्रिय संक्रमितको संख्या दुई हजार ६८८ रहेको छ। पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।

योसँगै निको हुनेको संख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ। निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ छन् । शून्य कोरोना संक्रमित भएका चार जिल्लामा मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला छन्।

नेपालमा संक्रमण दर १७.७ प्रतिशत रहेको छ। हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। 

चैत ८, २०७८ मंगलबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।