करिष्मालाई पार्टी प्रवेश गराएसँगै ओलीले भने : 'एमालेको हाइट दुई-चार फुट बढी सक्यो'

करिष्मालाई पार्टी प्रवेश गराएसँगै ओलीले भने : 'एमालेको हाइट दुई-चार फुट बढी सक्यो'

काठमाडौँ : मंगलबार काठमाडौँको माइतीघर स्थित कार्की ब्याङ्क्वेटमा अभिनेत्री करिष्मा मानन्धरलाई एमालेमा प्रवेश गराएसँगै अध्यक्ष केपी शर्मा ओलीले एमालेको हाइट २-४ फुट बढेको टिप्पणी गरे।

पार्टी प्रवेश कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै ओलीले विगतमा एमालेप्रति फैलाइएका भ्रमहरू चिर्दै देशभर पार्टी प्रवेशको लहर चलेको बताए। पार्टी प्रवेश गरेका सबै साथीहरूलाई स्वागत गर्दछु। शुभकामना छ उनले भने। 

आफूसँग ९ लाखको संख्यामा कार्यकर्ता रहेको दाबी गर्दै ओलीले पार्टी प्रवेश गरेकालाई समुचित व्यवहार गरी समान अवसर दिने बताए। उनले कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने अवस्था आउन नदिने आश्वासन दिए। एमाले जनताको पार्टी भएकाले आलोचित हुने काम गर्दैन। उनले भने, वाइड बडीमा एमालेले भ्रष्टाचार गर्यो भन्ने विकास विरोधी हुन्।  

ओलीले आफ्नो कार्यकालमा जतिको काम कुनै पनि सरकारले नगरेको बताए । उनले केही राजनीतिक दलले तराईको मुद्दामा कमाइखाने भाँडो बनाएको भन्दै मधेशलाई जनता फसाउने र भोट बैंक बनाउने काम गरेको आरोप लगाए। 

मेरो नेतृत्वको सरकारले तराईमा ठुलो विकास गरेको छ। हुलाकी राजमार्ग सुरु गर्यौ, फास्ट ट्र्याक आफैले बनाउने निर्णय गर्यौं, सदरमुकाम जोड्ने सडक ४ लेनको बनायौ। रेल पनि किन्यौ, लिक ओअनि बनायौ, कोभिडको कारणले संचालन गर्न सकेनौँ। पूर्व–पश्चिम रेलमार्गको लागि जग्गा अधिग्रहण गर्ने काम पनि अघि बढेको छ, उनले भने। 

चैत ८, २०७८ मंगलबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।